प्राडा बुद्धिलाई तनहुँ रत्न सम्मान

समाधान संवाददाता २०७७ फागुन १२ गते १९:१५

समाधान संवाददाता, पाेखरा

तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट प्राडा बुद्धिबहादुर थापा सम्मानित हुने भएका छन् । तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार राशि १० हजार रुपैयाँ र ताम्रपत्र रहेको समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले जानकारी दिए । समाजको स्थापना भएको दिन फागुन १३ गते (भाेलि) पुरस्कार प्रदान गरिने उनले बताए ।

Advertisement

तनहुँबाट पोखरा आई बसोबास गरेका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई समाजले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषको प्राप्त ब्याजबाट नगदसहित सम्मान गरिने समाजले जनाएको छ ।

प्राडा थापा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन् । शुक्लागण्डकी ३ वनकेवामा जन्मिएका उनी झण्डै ४ दशकदेखि चिकित्सा क्षेत्रमा क्रियाशील छन् ।

Advertisement

विस २०४१ सालबाट सेवा प्रारम्भ गरेका डा. थापा २०४६ सालदेखि पोखरामा बस्दै आएका छन् ।

शुक्लागण्डकी ५ बेलचौतारामा रहेको तत्कालीन सेतीगंगा सामुदायिक अस्पताल निर्माण र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा रुपान्तरण गर्नसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तपाईको प्रतिक्रिया