बराह तालमा धौलागिरि हिमालकाे छायाँ

राकेश शर्मा, म्याग्दी
धौलागिरि हिमालको प्रतिबिम्ब देखिने पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा अवस्थित बराह ताल पर्यटन र प्रचारप्रसारको पर्खाइमा छ । निस्कोट गाउँको शिरमा रहेकोे बराह तालबारे कमैलाई जानकारी छ ।
करिब २ रोपनीमा फैलिएको बराहतालले पर्यटकीय सम्भावना बोकेको भए पनि यसको प्रचारप्रसार हुन सकेको छैन ।
समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटर उचाइमा रहेको ताल र आसपासबाट दजनौं हिमाल र बस्तीलाई अवलोकन गर्न सकिन्छ । नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गुर्जा, नीलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतकामनोरम हिमश्रृ्रंखला अवलोकन गर्न सकिने स्थानीय हरि आचार्य बताउँछन् ।
घना जंगलबीचमा यो ताल छ । ताल२० मिटरभन्दा बढी गहिरो छ । बराहताल संरक्षणका लागि गण्डकी प्रदेश सरकारको ताल संरक्षण कार्यक्रममार्फत ५ लाख रुपैयाँमा ताल परिसरमा पर्खाल लगाइएकोवडाध्यक्ष टंक पुनले बताए ।
गाउँपालिका र वडाले तालसम्म पुग्नका लागि सडकबनाएका छन् । ‘तालको प्रचारप्रसार नहँुदा पर्यटक आगमन थोरै छ,’ उनले भने, ‘हामीले यसलाई वडाको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना बनाएका छौं ।’
वनको बीच भागमा ताल भए पनि यो सफा देखिन्छ । बिहान सबैरै हाँस जलक्रीडा गर्न आउने स्थानीय बताउँछन् । ताल संरक्षण रप्रचारप्रसार गरी निस्कोट गाउँमा आन्तरिक तथा बाह्य पर्यटकसमेत भिœयाउन सकिने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका बताउँछन् ।
तालको विकास सँगसँगै निस्कोट गाउँको शिरमा भ्युटावर, तालसम्म जान पदमार्ग मर्मत गर्न आगामी बर्ष बजेट बिनियोजन गरिने उनले प्रतिवद्धता गरे ।
‘हामी निस्कोट तालसँगै देविस्थानमा रहेको ताल पनि संरक्षण र प्रसारप्रसार गर्छाैं,’ उनले भने । उनले पर्यटकीय सम्भावना बोकेका स्थलको विकासका लागि गुरुयोजना बनाएर योजनावद्ध काम गरिने उनले बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया