प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

समाधान संवाददाता, काठमाण्डाैं ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच विहीबार राती भेटवार्ता भएकाे छ ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि पहिलोपटक उनीहरुबच करिब डेढ घन्टा कुराकानी भएकाे हाे ।
संसद विघटनको कदम सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका अवस्थामा प्रधानमन्त्री शीतलनिवास पुगेका हुन्।
साँझ ७ बजेर १० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली ८ बजेर ५० मिनेटमा बाहिरिएका थिए।
सर्वोच्चको पाँच सदस्यीय संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गर्दै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि बिहीबार शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेटेका हुन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्नेभन्नेबारे छलफल भएको बुझिएको छ।
तपाईको प्रतिक्रिया