ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई, देव गुरुङ बर्खास्त

समाधान संवाददाता २०७७ फागुन १४ गते १५:४५

काठमाडौं

नेकपा ओली समूहको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार देव गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

Advertisement

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेपछि प्रमुख सचेतक गुरुङ प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

मंगलबार अदालतले संसद् पुनर्स्थापना गरेपछि शुक्रबार प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहमा गएका गुरुङलाई हटाएर भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया