मुस्ताङमा भीरबाट लडेर एकजनाको मृत्यु

समाधान संवाददाता २०७७ फागुन १६ गते १७:२५

सुन्दरकुमार थकाली

जोमसोम

मुस्ताङ्को घरपझोङ गाउपालिका ३ स्याङका ४९ बर्षिय टिकबहादुर थकालीको भीरबाट लडेर मृत्यु भएको छ । स्थानीयले खोजतलास गर्ने क्रममा आईतबार बिहान ८ बजे गाउँ नजिकै जनकल्याण युवाक्लवको भवन माथिको भीर माथिबाट लडेरको अवस्थामा मृत शव भेटिएको जिप्रका मुस्ताङका प्रहरी निरीक्षक आशिष् अधिकारिले जानकारी दिए ।

Advertisement

स्थानीयले शव मृत भेटेपछी वडाध्यक्ष महेन्द थकालीले प्रहरिलाई खबर गरेका थिए । जिप्रका मुस्ताङका प्रहरी नायब निरिक्षकको कमाण्डमा प्रहरी टोलि घटना स्थलमा पुगि कानुनी प्रक्रिया पुरागरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोममा लगिएको छ । प्रहरिका अनुसार करिव ५० मिटर अग्लो भीरबाट लडेर मृत्यु भएका ब्यत्तिको प्रहरिले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ

Advertisement

तपाईको प्रतिक्रिया