प्रधानमन्त्री ओली आज पोखरा आउँदै, यस्ता छन् कार्यक्रम

समाधान संवाददाता, पोखरा
अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि सोमबार सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला हुँदैछ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा आउने छन् ।
पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न पुग्ने छन् ।
शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको गण्डकी प्रदेशका अर्थमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए ।
सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट मैदान निरीक्षण गर्ने छन् भने त्यहाँ बन्न लागेको स्विमिङ पुललगायत आयोजनाका विषयमा राष्ट्रिय खेलकुद परिषदले बिफ्रिङ गर्ने छ ।
पोखरा रंगशाला निरीक्षणको तयारी मिलाइएको परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।
‘रंगशालामा फुटबल मैदान चिटिक्क छ । क्रिकेट मैदान पनि तयार छ । ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको स्विमिङ पुलको निर्णय योजना छ । यसबारे प्रधानमन्त्रीको धारणा आउँछ,’ राखेप सदस्य राजेश गुरुङले भने, ‘प्रदेशकै राजधानी पोखराको प्रमुख रंगशाला व्यवस्थित र स्तरीय बनाउन उहाँले प्रतिवद्धता जनाउनुहुनेछ ।’
ओली सोमबारै काठमाडौं फर्किने छन् । यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आमसभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिएपछि आमसभा पनि स्थगित भएको थियो ।
प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँतहदेखि केन्द्रीय सदस्यसम्मका नेतालाई ओली समूहले पोखरा ओरार्दै छ । संसद बिघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि प्रदेशस्तरीय भेलामा पोखरा आउन लागेका ओलीलाई धेरैले चासोका साथ हेरेका छन् ।
पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीलेमापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।
त्यसबाहेक जिल्ला समन्वय समिति पदाधिकारी, पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया