विप्लवसँग वार्ता गर्न सरकारी टोली गठन

समाधान संवाददाता २०७७ फागुन १८ गते १३:०३

काठमाडौं ।

विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकावर राजन भट्टराई समिति सदस्य छन् ।

सरकारका प्रवक्ता पार्वत गुरुङले वक्तव्य मार्फत वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।

विप्लव समूहका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने बताए ।

तपाईको प्रतिक्रिया