पत्रकार महासंघ मुस्ताङमा निर्वाचन समिति

समाधान संवाददाता २०७७ फागुन १९ गते २१:०४

समाधान संवाददाता, जोमसोम

आसन्न नेपाल पत्रकार महासंघको ३ तहको निर्वाचन प्रयोजनका लागि मुस्ताङमा बुधबार निर्वाचन समिति गठन भएको छ ।

शाखा अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा बसेको बैठकले महासंघको विधान २०६० पाचौं संशोधन ( २०७५) बमोजिम सर्वसम्मत निर्वाचन समिति गठन गरेको हो ।

Advertisement

महासंघको २६ औं महाधिवेशनमा संघ, प्रदेश र जिल्लाको एकैसाथ प्रत्यक्ष निर्वाचनका लागि पत्रकार भीमबहादुर रसाइलीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको मुस्ताङ शाखा अध्यक्ष सुन्दरकुमार थकालीले जानकारी दिए ।

समितिमा जिल्ला अदालत मुस्ताङका नायब सुब्बा रामचन्द्र सुवेदी र जिल्ला सरकारी वकिलको कार्यालय मुस्ताङका ऋषिराम सुवेदी सदस्य छन् ।

Advertisement

नेपाल पत्रकार महासंघ केन्द्रको विधान बमोजिम पत्रकार महासंघ जिल्ला कार्यसमितिले दिएको कार्यभार पूरा गर्न आफू कटिवद्ध भएर लाग्ने निर्वाचन समिति संयोजक रसाईलीले प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया