एसओएसमा विद्यार्थी परिषद्को सपथ

समाधान संवाददाता, पोखरा
पोखरा १७ घारीपाटनमा रहेको एसओएस स्कुल पोखरामा बुधबार विद्यार्थी परिषद्को पदस्थापन तथा सपथग्रहण भएको छ ।
कोभिडका कारण यसवर्ष ढिला गरी गठन भएको परिषद्को नेतृत्व चयनसँगै पदस्थापन गरिएको प्रिन्सिपल फुर्बु थिन्लेले जानकारी दिए ।
परिषद्को क्याप्टेनमा छात्रतर्फ कक्षा १० का तेन्जिन हिसे र छात्रतर्फ छोइङ साङ्मो लामा चयन भए । क्याप्टेन द्वयलाई प्राचार्य फुर्बु थिन्लेले सपथ ग्रहण गराउँदै एसओएसको गरिमालाई कायम राख्न आग्रह गरे ।
परिषद्ले विद्यार्थीको हितमा काम गर्न र पढाइसँगै सहक्रियाकलापलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने थिन्लेले बताए ।
सोही अवसरमा विद्यालय प्रिफेक्ट्सका रुपमा छात्रबाट सोनाम टासी गुरुङ,कर्म खामसुङ गुरुङ, कर्म छिरिङ गुरुङ र कर्म सेराब चयन हुन सफल भए । छात्रामा छेवाङ छोडन, ल्हामो छिरिङ, कुसाङ वाङ्मो र तेन्जिन छोजिन छनोट हुन सफल भए ।
विद्यार्थीको मतदानबाट चयन भएको नेतृत्वले यो शैक्षिक सत्रमा विद्यालयभित्र गरिने शैक्षिक र सहक्रियाकलापका कार्यक्रममा अन्तरसदनात्मक प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने विद्यालयकाकोअर्डिनेटर गोविन केसीले जनाए ।
निर्वाचित सबै क्याप्टेन तथा सदस्यलाई सम्मान स्वागत एवं सपथग्रहण गराइएको कार्यक्रममा कक्षा मोनिटरलाई समेत स्वागत गरिएको थियो ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया