विप्लव र सरकारबीच सहमति, विप्लव २१ गते सार्वजनिक हुने

समाधान संवाददाता २०७७ फागुन २० गते १२:२०

काठमाडौं

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमति भएको हो ।

सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन्।

Advertisement

सहमतिको विस्तृत विवरण फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ ।

उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट पार्टीका महासचिव ‘विप्लव’ले सम्बोधन गर्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया