पाल्पाली समाजको अध्यक्षमा रचक

समाधान संवाददाता २०७७ फागुन २३ गते १०:२५

समाधान संवाददाता, पोखरा

पाल्पाली समाज पोखराको शनिबार भएको १० औं अधिवेशनले रेशम थापा ‘रचक’को अध्यक्षतामा नयाँ समिचि चुनेको छ ।

समितिको निवर्तमान अध्यक्षमा कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, तृतीय उपाध्यक्ष अनन्तराज अधिकारी, महासचिव केशव नेपाल, सचिव सञ्जय आत्रेय, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पचभैया र सहकोषाध्यक्ष गिरीराज पोखरेल (गणेश) चुनिए ।

Advertisement

कार्यसमिति सदस्यमा रेनुका बज्राचार्य श्रेष्ठ, गीतादेवी शर्मा, दामोदर शर्मा, पीताम्बर तिमिल्सिना, पदमप्रसाद पोखरेल, वर्षा श्रेष्ठ, धनबहादुर झेंडी, सुमन आचार्य, रमेशकुमार पौडेल, किरण पाण्डे र सुशीला थापा कुँवर रहेको निर्वाचन समिति संयोजक नारायणप्रसाद पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पोखराको समग्र विकासमा बाहिरी जिल्लाबाट आएको मानिसको योगदान रहेको दाबी गरे ।

Advertisement

पाल्पाली समाजले गरेका गतिविधिको अरु समाजले पनि सिको गर्नुपर्ने उल्लेख गर्दै उनले पाल्पा ऐतिहासिक हिसाबले महत्वपूर्ण ठाउँ भएको बताए । उनले पोखराको पर्यटन प्रवद्र्धन र शैक्षिक विकासमा समाजको योगदान रहेको उल्लेख गरे ।

पूर्वमन्त्री तथा उद्योगपति हरि पाण्डेले जन्मस्थल पाल्पामा रम्भादेवी तथा कर्मभूमि कास्कीमा कर्मभूमि छात्रवृत्ति कार्यक्रम ल्याएको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराको विकासको सबै श्रेय पोखरेलीलाई मात्र नभएर बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई समेत जाने बताए ।

उनले पाल्पा पोखराको तुलनामा उन्नत, सम्पन्न र सेनवंशी राजाले शासन गरेको ऐतिहासिक स्थल भएको उल्लेख गरे । उनले विगतको वैभवशाली पाल्पा पछिल्लो समय एक्लिदै गएको चर्चा गरे ।

कार्यक्रममा समाजको विकासमा योगदान पु¥याएका ७ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा समाजमा सल्लाहकार जनपुकार मुनंकर्मी, महेश रानाभाट, चन्द्रप्रसाद काफ्ले, श्याम कुँवर, खेम सारु, निवर्तमान अध्यक्ष बाबुराम खनाल र प्रेस सल्लाहकार विजय नेपाल छन् ।

कार्यक्रममा समाजले प्रकाशन गरेको पाल्पाली स्मारिका ‘पाल्पाली चौतारो २०७७’ मन्त्री चुमानले विमोचन गरे । स्मारिका सम्पादक विजय नेपालले स्मारिकामा ४४ जनाको लेख, रचनासहित समाजको गतिविधि समेटिएको जानकारी दिए ।

कार्यक्रममा समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, सल्लाहकार जनपुकार मुनंकर्मी, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, प्रथम उपाध्यक्ष रेशम थापा ‘रचक’, सल्लाहकार डा. यज्ञमान शाक्य, पूर्वअध्यक्ष जगदीश गौतम, ताराप्रसाद पोखरेल, समाजका संस्थापक सचिव लोकनाथ काफ्ले र सहकारीका कानुनी सल्लाहकार विष्णुप्रसाद लम्सालले बोलेका थिए ।

सभाले महासचिव श्रीधर पराजुलीले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सञ्जय आत्रेयले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।

तपाईको प्रतिक्रिया