विश्लेषक विश्व सिग्देललाई शोक

समाधान संवाददाता २०७७ फागुन २३ गते १९:१८


पोखरा, २३ फागुन


राजनीतिक विश्लेषक तथा चिन्तक विश्व सिग्देललाई मातृशोक परेको छ । उनकी १०० वर्षीया आमा गौरादेवी सिग्देलको पोखरा–१३, सिग्देलमार्गस्थित आफ्नै निवासमा आइतबार निधन भएको हो । उनको स्वास्थ्यमा केही दिनदेखि समस्या आएको थियो । स्वर्गीय सिग्देलको आइतबार दिउँसो सेतीनदीको रामघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय सिग्देलका १ छोरा, २ छोरी, ३ नाति, ६ नातिनी र पनाती/पतिनी छन् ।

तपाईको प्रतिक्रिया