मुद्रण उद्योग संघ कास्कीमा किरण

समाधान संवाददाता, पोखरा
मुद्रण उद्योग संघ कास्कीको चौथो अधिवशेनबाट अध्यक्षमा गिरबहादुर श्रेष्ठ (किरण) सर्वसम्मत भएका छन् । उनी रोजिना अफसेट प्रेसका सञ्चालक हुन् ।
वरिष्ठ उपाध्यक्षमा कन्चन प्रिन्टर्सका चिन्तामणि बास्तोला, प्रथम उपाध्यक्षमा गोर्खाली अफसेट प्रेसका जीवन गोर्खाली, द्वितीय उपाध्यक्षमा दि मोर्डन अफसेट प्रेसका दिनेशचन्द्र बास्तोला, महासचिवमा फिस्टेल पब्लिकेशनका रामप्रसाद भुर्तेल, सचिवमा ग्राफिक सोलुुनका राजन कुमाल, कोषाध्यक्षमा ओजन अफसेट प्रेसका प्रकाशराज पौडेल र सहकोषाध्यक्षमा एफोर जेड ग्राफिक डिजाइन एन्ड प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ छन् ।
सदस्यमा अनन्त अफसेट प्रेसका अनन्त प्रधानांग, रञ्जित अफसेट प्रेसका कृष्ण रञ्जित, निशा अफसेट प्रेसका पुष्कर श्रेष्ठ, शुभकामना अफसेट प्रेसका नारायण अधिकारी, पश्चिमाञ्चल छापाखाना गुरुदत्त पौडेल छन् । नवनिर्वाचित किरणले कास्कीमा सञ्चालन रहेका मुद्रण व्यवसायीको विकास र आइपर्ने समस्या समाधानका लागि कार्य गर्ने प्रतिवद्धता गरे ।
संघको ११ औं साधारणसभा तथा चौथो अधिवेशनमा नेपाल मुद्रण महासंघका अध्यक्ष पुष्कल गौतमले प्रिन्ट प्याक सफ्टवयर खोली कार्यक्रम उद्घाटन गरेका थिए ।
उनले महासंघले व्यवसायीको हकहितका लागि आवाज उठाउँदै आएको हुँदा कुनै पनि समस्या आइपरेमा इमेल वा म्यासेजबाट महासंघलाई जानकारी गराउन आग्रह गरे ।
अध्यक्ष गौतमले मुद्रण व्यवसायीका समस्या र समाधानका विकल्प राज्यका सरोकारवाला निकायलाई पोख्दा पोख्दैपनि उनिहरुले गुनासो नसुनेको गुनासो गरे ।
साधारणसभामा अध्यक्ष पदमलाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन, जीवन गोर्खालीले महासचिवको प्रतिवेदन र वसन्त बास्तोलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा नेपाल मुद्रण उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष खोमकान्त रेग्मी, नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्ष गोपाल ढकाल, उपाध्यक्ष सीताराम शाह, महासचिव युवराज श्रेष्ठ, मुद्रण संघ रुपन्देहीका पूर्व अध्यक्ष कृष्णप्रसाद पराजुली, मुद्रण संघ काठमाडौं अध्यक्ष धननारायण श्रेष्ठ (घनश्याम), मुद्रण उद्योग संघ झक्तपुरका सदस्य विशाल खतिवडा, नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र बजिमया र मगन श्रेष्ठ, राजु वैद्य, संस्थाका सल्लाहकार कृष्णप्रसाद ढुंगाना, उपाध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण) र कालावाङ होमस्टेका अध्यक्ष प्रकाश गुरुङले बोलेका थिए ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया