समर्थन फिर्ताबारे माओवादीले लिएन कुनै निर्णय
समाधान संवाददाता
२०७७ फागुन २५ गते १६:११
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने बारे कुनै निर्णय नलिइ बैठक सकाएको छ ।
अब उसले सरकार निर्माण, संसद सञ्चालनलगायतका विषयमा प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ।
माओवादी केन्द्रले चैत १ गते कार्यकता भेला गर्ने भएको छ। सर्वोच्च अदालतले नेकपा एकता भंग गरेसँगै नेकपाका दुवै घटक एमाले र माओवादी अलगअलग भएका छन्।
आआफ्नै दलका रुपमा अघि बढेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २९ गते बस्ने भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया