शोक प्रस्ताव पारित गरेर सकियो आजको प्रतिनिधिसभा बैठक

समाधान संवाददाता २०७७ फागुन २६ गते १४:४३

काठमाडौं

प्रतिनिधिसभाको आजको बैठक केही बहालवाला र केही पूर्व गरी १४ सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक आउँदो चैत ३ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि आज दोस्रोपटक प्रतिनिधिसभाको बैठक बसेको हो ।

Advertisement

यसअघि, गएको आइतबार बसेको पहिलो बैठकको कार्यसूचीमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समावेश गरिँदा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले बेल घेराउ गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया