कास्कीमा माओवादीले पनि राख्यो बोर्ड

समाधान संवाददाता २०७७ फागुन २६ गते १५:३६

नेकपा माओवादी केन्द्र कास्कीले आफ्नो कार्यालयमा साइन बोर्ड राखेको छ । आज बुधबार पार्टी कार्यालय शिवालयचोक पोखरामा उक्त पार्टीले बोर्ड राखेको हो ।

नेपाल कम्युनिस्ट पार्टी हुनुअघि पनि त्यहाँ माओवादीको जिल्ला पार्टी कार्यालय थियो । एमालेसँगको एकीकरणपछि भने नेकपाको जिल्ला पार्टी कार्यालय एमालेको कार्यालय भएको शान्तिवनस्थित भवनलाई बनाइएको थियो । माओवादी जिल्ला पार्टी कार्यालय भने पोखरा नगर कमिटीको कार्यालय भएको थियो ।

माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडा काठमाडौंमा पनि आजै बोर्ड राखेको छ । नेकपा लेखिएको बोर्ड हटाएर माओवादी केन्द्र लेखिएको बोर्ड राखिएको हो । एमालेले भने हिजै केन्द्रीय र धेरै जिल्ला कार्यालयहरुमा बोर्ड राखेको थियो ।

तस्बिर : त्रिभुवन पौडेलको फेसबुक ।

तपाईको प्रतिक्रिया