मुस्ताङमा एमालेकाे कार्यालय

समाधान संवाददाता २०७७ फागुन २८ गते ११:३६

एसके थकाली, जोमसोम

मुस्ताङमा बिहीबार नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कार्यालय स्थापना भएको छ । एमाले र माओवादी केन्द्रबीच एकतापछिको नेकपाको कार्यालय साविक एमालेकै कार्यालयमा थियो । अहिले फेरि उही ठाउँमा एमालेले कार्यालय सञ्चालनमा ल्याएको हो ।

सर्वाेच्च अदालतको हालैको फैसला अनुसार नेकपाको एकीकरण खारेज भएपछि पुनर्जीवित एमालेले पुरानै ठाउँको कार्यालयमा एमालेको साइनबोर्ड राखेको छ ।

Advertisement

एमाले जिल्ला कमिटी सदस्य रमेश भट्टचनका अनुसार एमाले र माओवादीबीच भएको पार्टी एकीकरणपछि राखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साइन बोर्ड मेटाएर एमाले मुस्ताङको कार्यालय उल्लेख भएको साइन बोर्ड टाँसिएको हो ।

भाडाको घरमा कार्यालयमा राखिएको छ । एमालेबाहेक अरु पार्टीको कार्यालयहरु पनि भाडाकै घरमा छन् । एमाले कार्यालय जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनको घरमा छ ।

Advertisement

मुस्ताङमा साविक नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को कार्यालय बोर्ड मेटाई पुनर्लेखन गरिएको एमाले कार्यालयको साइन बोर्ड स्थापना गर्न भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एवं एमाले केन्द्रीय सदस्य एकबहादुर रानामगर, जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङ, एमाले जिल्ला कमिटी सदस्यहरु रमेश भट्टचन, शर्मिला गुरुङ, विशाल विक र प्रेस संगठन मुस्ताङकी संयोजक सुनदेवी रसाइली र पत्रकार महासंघ मुस्ताङका सहसचिव विकास विक लगायत सहभागी भएका थिए ।

यसअघि एमालेका केन्द्रीय सदस्य एकबहादुर रानामगरले पार्टी कार्यालयमा लेखिएको साइन बोर्ड वाचन गरी कार्यालय उद्घाटन गरेका थिए । एमाले कार्यालय स्थापना गरिएको घरमा साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को १/१ थान काठको दराज, टेबल र एक दर्जन कुर्ची छन् । माटो बिच्छ्याइएको कच्ची ६ कोठे घरमा एक कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया