पर्वत उद्योग वाणिज्य संघ अध्यक्षमा पौडेलको उम्मेदवारी

समाधान संवाददाता २०७७ फागुन २८ गते ११:४७

समाधान संवाददाता, पोखरा

आउँदो चैत ७ गते हुने पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनमा उद्यमी शिव शर्मा पौडेलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । उनको नेतृत्वमा लोकतान्त्रिक र साझा व्यावसायिक समूहको टिम बिहीबार सार्वजनिक भएको छ ।

अध्यक्ष पदका पौडेलले भने, ‘उद्यम व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत योगदान गरी जिल्लालाई नै सुन्दर भविष्य दिन सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यो आवश्यकता हाम्रो टिमका उम्मेदवार निर्वाचित हुँदा पूरा हुन्छ भन्ने विश्वास गरेका छौं ।’

Advertisement

अध्यक्षमा पौडेलको नेतृत्व उद्यमी व्यवसायीका लागि आफैंमा भरोसायोग्य नेतृत्व हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

उनको टिममा महिला सदस्य पदका उम्मेद्वारमा अनिता मल्ल केसी र पशुपति कार्की शर्मा (पूजा) तथा सदस्य पदका उम्मेद्वारमा मानसिंह भण्डारी, दीपेन्द्र गिरी, नवराज भण्डारी, सुवर्ण अर्याल, कृष्णप्रसाद शर्मा, शम्भु जोशी, योगराज गिरी (बद्री), रामु शर्मा, शिव श्रेष्ठ, लक्ष्मण शर्मा, लोकनाथ अधिकारी, राजकुमार बस्नेत, विनोद आचार्य, शिवराज शर्मा, श्रीप्रसाद पौडेल, दिनेश श्रेष्ठ, राजु शर्मा, गणेश पौडेल टुआरजी, विज्ञान बम मल्ल र मोहन आचार्य छन् ।

Advertisement

‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने, उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने, पैयूँ र जलजला गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य संघ पर्वतका उपशाखालाई थप व्यवस्थित बनाउने र बाँकी रहेका पाँच स्थानीय तहमा उप शाखा खोल्न पहल गर्ने लगायत उक्त टिमको प्रतिबद्धता छ ।

तपाईको प्रतिक्रिया