मुस्ताङमा बेमौसमी हिमपात

समाधान संवाददाता २०७७ चैत १ गते ०:२०

एसके थकाली, जोमसोम

मुस्ताङमा शुक्रबार राति वर्षासँगै हिमपात भएको छ । जिल्लाको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका हिमपात भएको छ । तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्रल, घरपझोङ र थासाङ गाउँपालिकामा वर्षासँगै आंशिक हिमपात भएको जनाइएको छ ।

मुस्ताङको तल्लो क्षेत्रमा यस वर्ष बेमौसमको समयमा हिमपात भएको हो । हिमपातले मुस्ताङका उच्च लेक सामान्य सेताम्मे बनेका छन् । यसअघि उपल्लो मुस्ताङमा दुई पटक आंशिक हिमपात भएको थियो ।

Advertisement

मुस्ताङमा समुन्द्री सतहदेखि २५ मिटरको उचाइमा हिमपात भएको हो । बस्तीमा छिटफुट हिउँ परे पनि हिउँदयामको समाप्तिसँगै जमिनको तापक्रम बढेकाले हिउँ बस्तीमा अडिन नसकेको स्थानीय बताउँछन् ।

यस वर्ष मुस्ताङमा हिउँ पर्ने याममा समेत हिउँ पर्न सकेन । बर्खायाम सुरु भएसँगै परेको हिउँले यहाँका किसानलाई खासै उत्साहित नतुल्याएको घरपझोङ —४ का किसान अजित थकालीले बताए ।

Advertisement

उनले मुस्ताङमा स्याउ, खुर्पानी, आरुबखडा लगायत फलफूलको फूल फक्रिने समय भएकाले अहिले परेको हिउँले क्षति पुयाउने बताए ।

यस वर्ष जाडो महिनामा हिमपात नभएकाले फलफूल तथा अन्नबालीमा विभिन्न प्रकोप देखा पर्न सक्ने उनको भनाइ छ । पुस र माघ महिनामा परेको हिउँ किसानका लागि वरदान हुने भए पनि मुस्ताङमा यसपटक हिउँ ढिलो परेको जनाए ।

मुस्ताङमा पुस र माघ महिनामा स्याउ बगैंचा व्यवस्थापन गर्ने समय हुन्छ । त्यसबेला परेको हिउँले अन्नबाली तथा फलफूल उत्पादनलाई फाइदा पुग्छ ।

मुस्ताङमा पछिल्लो समय जलवायु परिवर्तनको संकेत देखिन थालेको छ । केही वर्षयता मुस्ताङमा भारी हिमपात हुने, आंशिक हिमपात र हिमपात नै नहुने तर यसको बदलामा वर्षा हुन थालेको छ । जलवायु परिवर्तनसँगै मुस्ताङमा वर्षा हुन थालेपछि परम्परागत घरहरु जोखिममा पर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया