पत्रकार महासंघ युरोप शाखा अध्यक्षमा महेश खातीको उम्मेदवारी

समाधान संवाददाता २०७७ चैत १ गते १८:२०

नेपाल पत्रकार महासंघ युरोप शाखाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा पत्रकार महेशकुमार खातीले उम्मेदवारी घोषणा गरेका छन् ।

पत्रकार खातीले समाधानसँग भने, “असली पत्रकारिता सधैं विधि पद्धति र लोकतन्त्रको पक्षधर हुन्छ । आवधिक निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व परिवर्तन लोकतन्त्रको सौन्दर्य हो । लोकतन्त्रका तिनै मूल्य मान्यतालाई शिरोपर गर्दै निकट भविष्यमा हुँदै गरेको नेपाल पत्रकार महासंघ युरोप शाखा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।”

खाती अहिले महासंंघको युरोप शाखा सचिव छन्स । खातीले युरोपमा नेपाली पत्रकारिताको श्रीवृद्दि गर्न आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘पत्रकारितालाई मर्यादित तुल्याउनु मेरो दायित्व हुनेछ’ उनले भनेका छन् ।

Advertisement

सबै अग्रज र समकालीन साथीहरु मिलेर अघि बढ्न र युरोपमा कार्यरत पत्रकारलाई गोलबद्ध बनाई संस्थागत हितलाई प्रबन्धन गरि अगाडि बढाउन प्रयत्न गर्ने उनले जनाए ।

“हामी परदेशमा रहेका पत्रकार जसले संस्कार र सुसंस्कृत समाज पनी देखेका र भोगेका हुन्छौं । अरुलाई लेखेर र सन्चार मार्फत जे भन्छौं सुरुवात पनि हामीबाटै हुनुपर्छ भन्ने मान्यता राख्दछु,” महेशको भनाइ छ, “यसपालिको अधिवेशनबाट सम्पूर्ण पत्रकार अग्रज र सहयोद्धाहरुबाट परिवर्तनका पक्षको मेरो उम्मेदवारीलाई साथ दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।”

Advertisement

निर्वाचनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका प्रतिनिधि चिरन शर्मा, निर्वाचन समितिका संयोजक राजेश चाम्लिङ राई र सदस्यहरु, पर्यवेक्षक नरेश खपांगी मगरलाई जिम्मेवारी दिइएको छ ।

मर्यादित, निष्पक्ष र स्वतन्त्रता पत्रकारिताको मूल मन्त्रलाई आत्मसात गरेर पेशागत र व्यावसायिक बनाउँदै युरोपमा रहेका नेपाली राजदूताबास, कूटनीतिक निकाय, क्रियाशील सामाजिक तथा राजनीतिक संघसंस्था गैरआवासीय नेपाली संघ लगायतसँग नेपाल र नेपालीको हकहितको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता महेशले जनाएका छन् ।

युरोप पुगेर इनेपाल खबर डटकममा रही पत्रकारिता गरिरहेका महेशले नेपालमा छँदा बागलुङ र पोखरामा गरी १ दसक सक्रिय तथा व्यावसायिक पत्रकारिता गरेका थिए ।

तपाईको प्रतिक्रिया