५ सय पूरा छैन, ७ सय शय्याको योजना

समाधान संवाददाता २०७७ चैत २ गते ९:३२

१ अर्बका पूर्वाधार निर्माणाधीन

अमृत सुवेदी, पोखरा

२०६९ सालमा नेपाल सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ५ सय शड्ढ्यामा स्तरोन्नति ग¥यो । त्यतिबेलासम्म अस्पताल ३ सय शड्ढ्याको थियो ।

Advertisement

२०७२ सालमा स्वास्थ्य विज्ञानको अध्ययन, अनुसन्धान र विशिष्ट उपचार गर्ने थलो बनाउन सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनायो ।

स्तरोन्नति भएको अस्पतालमा ८ वर्षपछि पनि शड्ढ्या भने जहाँको त्यही नै छ । कागजमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पताल ५ सय शड्ढ्याको छ । तर, फिल्डमा भने स्तरोन्नति गरिएयता ७० शड्ढ्यामात्र थपिएको छ ।

Advertisement

अस्पताल स्तरोन्नति त भयो तर किन शड्ढ्या जहाँको तहीँ छ त ? प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले भने, ‘अस्पताल स्तरोन्नति त भयो तर शड्ढ्या पु¥याउने भौतिक पूर्वाधार र संरचना थिएन । अहिले बल्ल ३ सय ७० शड्ढ्याको अस्पताल सञ्चालनमा छ ।’

५ सय शड्ढ्या सञ्चालन गर्न नसकिरहेको प्रतिष्ठानले अस्पताल ७ सय शड्ढ्याको पु¥याउने योजना बनाएको छ । प्रतिष्ठानको ऐनअनुसार सिनेट बैठकले निर्णय गरेर अस्पातालको शड्ढ्या थप्न सक्ने अधिकार रहेको निर्देशक आचार्य बताउँछन् । साढे २ वर्षभित्रै अस्पतालमा ७ सय शड्ढ्या पु¥याउने योजना प्रतिष्ठानको छ ।

८ वर्षमा जम्मा ७० शड्ढ्या थपिएको छ भने साढे २ वर्षमा ७ सय शड्ढ्या पुग्ने आधार के छ त ? निर्देशक आचार्यले भने, ‘यो आर्थिक वर्षभित्रै अस्पतालमा ५ सय शड्ढ्या पुग्छ । साढे २ वर्षभित्र ७ सय शड्ढ्या पु¥याउने पूर्वाधार निर्माण भइरहेका छन् ।’

करिब ३२ करोड रुपैयाँको लागतमा प्रसूति तथा बाल उपचार गर्ने भवन यो आर्थिक वर्षभित्रै सञ्चालनमा आउन लागेको छ । नयाँ भवनमा सेवा बिस्तार हुनेबित्तिकै पनि झन्डै ५ सय शड्ढ्या पुग्न सक्ने निर्देशक आचार्यको भनाइ छ ।

सहरी विकास मन्त्रालयले अस्पतालमा नयाँ भवन थप्न र रेक्ट्रोफिटिङ गर्न ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । सोही बजेटबाट ४ वटा नयाँ भवन र अस्पतालको रेक्ट्रो फिटिङ गर्न ५४ करोड रुपैयाँमा गत असार २८ गते नै निर्मार्ण सम्झौता भएको छ ।

क्यान्टिन, अस्पताल भान्छा घर, लैंगिक हिंसाका विरामीहरुको जाँच तथा उपचार गर्ने, अस्पातालका उपकारण तथा सामाग्रीहरुको निर्मलीकरण गर्ने ४ वटा भवन अहिले निर्माण भइरहेका छन् ।

भवनको अहिलेसम्म २५ प्रतिशत काम सकिएको छ भने २८ प्रतिशत बजेट खर्च भएको छ । संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीअन्तर्गत निर्माण कार्य भइरहेको छ ।

‘२ वर्षभित्र ४ वटा भवन निर्माण हुने छन् भने अस्पतालका १० वटा पुराना भवनको रेक्ट्रोफिटिङ हुँदैछ,’ संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख झपटबहादुर थापाले भने, ‘स्वास्थ्य सम्बन्धी सुधार गर्ने, भेन्टिलेसनको सुधार, नमिलेका भवन मिलाउने, कक्सिजन प्लान्ट, ल्याब ब्लकको छाना फेर्ने लगायतको काम हुने छ ।’

केही समयभित्रै उपचार प्रभावित नहुने गरी रेक्ट्रो फिटिङको काम सुरु गर्ने थापाले जानकारी दिए । अस्पतालमा निर्माण भइरहेको पूर्वाधारको आइतबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निरीक्षण गरेका छन् ।

निरीक्षण गर्दै रान्यमन्त्री मानन्धरले स्वास्थ्य संवेदशीलतालाई ख्याल गर्दै तोकिएको समयमै निर्माण सक्ने गरी विशेष निगरानी गर्न इकाईलाई निर्देशन दिए । ‘विभिन्न बाहाना बनाएर निर्माणमा ढिला गर्ने काम हुन सक्छ,’ मानन्धरले भने, ‘राज्यको ठूलो लगानीलाई दुरुपयोग हुन नदिन र समयमै सक्न विशेष ध्यान दिनुहोला ।’

रेक्ट्रोफिटिङको काम यसअघि नै सुरु गर्नुपर्ने भए पनि कोभिड–१९ का कारण ढिला भएको इकाइ प्रमुख झपटबहादुरले जानकारी गराए ।

प्रतिष्ठानका निर्देशक आचार्यले नेपाल स्वास्थ्य सेवा सहयोग कार्यक्रममार्फत निर्माणाधीन ४ भवन र रेक्ट्रोफिटिङ सकिएसँगै अस्पतालका धेरै सुविधा बिस्तार हुने बताए । ७९ साल असार २८ गतेभित्र नयाँ भवन र रेक्ट्रोफिटिङको काम सकिने विश्वास लिइएको छ ।

योसँगै प्रतिष्ठानमा भूकम्प प्राधिकरणमार्फत अर्को मेडिकल भवन निर्माण भइरहेको छ । करिब ११ करोड रुपैयाँ लगानीमा मेडिकल भवन बनेसँगै अस्पताल ७ सय शड्ढ्यामा विस्तार हुने आचार्यले बताए ।

प्रतिष्ठानमा अहिले झन्डै १ अर्ब रुपैयाँका पूर्वाधार निर्माण भइरहेका छन् । यसको निर्माण सकिएसँगै अस्पताल धेरै सुविधाजनक हुने निर्देशक आचार्यले दाबी गरे ।

तपाईको प्रतिक्रिया