दिउँसो भिक्षु बनेर चन्दा, राति रक्सीको मात

समाधान संवाददाता, पोखरा
फागुन दोस्रो साता पोखरामा मकवानपुरबाट ५ पुरुषको टोली आयो । आफूलाई गुम्बाका भिक्षु बताउने उनीहरु रौतहटबाट आएको बताउने गर्थे ।
स्थायी घर मकवानपुर बकैया गाउँपालिका भएका उनीहरु पोखरा महानगरपालिका १ नयाँगाउँ मितेरीटोलमा सक्रिय थिए ।
भिक्षुको भेषमा हिँड्ने उनीहरु रौतहट जिल्लाको गजुरा नगरपालिका २ को छोग्याल गुम्बाका लागि रकम सहयोग उठाउन आएको बताउँथे । उनीहरुसँग गुम्बाको रसिद ठली पनि थियो । सहयोग गर्नेहरुलाई ती ५ भिक्षुले रसिद पनि काटेर दिन्थे ।
दिउँसो भिक्षुको भेषमा सहयोग उठाउँदै हिँड्ने उनीहरु बहुरुपी थिए । दिउँसो भिक्षु बन्ने उनीहरु रातमा भने पूरै परिवर्तित हुन्थे । रातरात उनीहरु पृथ्वीचोकमा रक्सी र अश्लिल हर्कतमा लाग्थे ।
यो खबर कास्की प्रहरीले सुरुमै पाएको थियो । ‘भिक्षु भनेपछि हामी क्लिन जीवन बाँचिरहेको भन्ने बुझ्छौं, तर उनीहरुको त्यस्तो देखिएन,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।
कास्की प्रहरीले सुराकी पाएपछि प्रमाण जुटाउन थाल्यो । उनीहरुले भनेको छोग्याल गुम्बा रौतहटका लामालाई कास्की प्रहरीले सोधपुछ ग¥यो । गुम्बाका ती लामाले आफ्नो गुम्बाबाट कोही पनि सहयोग उठाउन कास्की नआएको लिखत पठाए ।
‘हामीलाई सूचना आइसकेको थियो, हामी निरीक्षण गरिरहेका थियौं,’ डिएसपी हमालले भने, ‘लिखित जवाफ गुम्बाबाट पायौं र पक्राउ गरेका छौं ।’
पक्राउ पर्नेमा ६० वर्षीय धनबहादुर लामा, ३७ वर्षीय छिरिङ भनिने निमा तामाङ, ३५ वर्षीय पदमबहादुर लामा, २६ वर्षीय बिजय लामा र ३५ वर्षीय जितबहादुर थिङ छन् । पक्राउ परेका ५ जनाकै स्थायी घर मकवानपुर भएपनि उनीहरु पृथ्वीचोकमा बस्दै ठगी धन्दा चलाइरहेका थिए ।
उनीहरुको साथबाट कास्की प्रहरीले नगद ४२ हजार ४ सय रुपैयाँ र टासी छोग्याल गुम्बा लेखिएको रसिदको १२ ठेली बरामद गरेको छ । उनीहरु यसअघि पनि पोखरा आएर यस्तै प्रकृतिको ठगीमा संलग्न भएको प्रहरीको आशंका छ ।
प्रहरीले अहिले आफ्नो प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा बाँकी कुरा खुल्दै जाने र उनीहरु कहिलेदेखि पोखरामा ठगी गरिरहेका थिए भन्ने निक्र्याेल हुने कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।
ती ५ जनालाई कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसूर अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया