ढोरबाराहीमा ५/३ जिआर शिंगो संगठन

समाधान संवाददाता २०७७ चैत २ गते १७:२७

पोखरा, २ चैत

५÷३ जिआर (शिंगो) भूपू सैनिक संगठनले आफ्ना पदाधिकारी तथा सदस्यका परिवारलाई आइतबार तनहुँको प्रसिद्ध धार्मिक शक्तिपीठ ढोरबाराही देवीको दर्शन गराएको छ । सोही अवसरमा पारिवारिक वनभोजसमेत भएको छ ।

कोभिड १९ का कारण भेटघाटसमेत हुन नपाएको अवस्थालाई मध्यनजर गर्दै संगठनले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसहित संस्थाका सदस्य एवं परिवारको धार्मिक भ्रमण र जमघट गराएको हो । कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा समाजसेवी सुबेदार सोमबहादुर गुरुङले संगठनलाई १५ हजार १ सय १५ रुपैयाँ सहयोग प्रदान गरे ।

Advertisement

संस्थाका अध्यक्ष क्याप्टेन टंकबहादुर घलेले सहयोगीदाता सोमबहादुर र उनकी श्रीमतीलाई माला लगाई सम्मानपत्र प्रदान गरे । सांस्कृतिक कार्यक्रमको संयोजन संगठनका सल्लाहकार क्याप्टेन चोकबहादुर गुरुङले गरेका थिए । त्यस्तै कार्यसमितिका कोअर्डिनेटर जेसिओ सुबेदार गणेशबहादुर रानाले पनि कार्यक्रममा आर्थिक संकलकको भूमिका निर्वाह गरेका थिए ।

संस्थाका सहसचिव सिएचएम जीवनकुमार गुरुङले यातायातको बन्दोबस्त मिलाएका थिए । कार्यसमिति सदस्य सुबेदार शेषकान्त थापाले खानपिन व्यवस्थापन गरेका थिए । संस्थाका सदस्य क्याप्टेन चित्रबहादुर थापाले मन्दिरमा पूजाआजको व्यवस्थापन मिलाएका थिए । सल्लाहकार क्याप्टेन राजबहादुर गुरुङले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन संयोजन गरेका थिए ।

Advertisement

संगठनका अध्यक्ष क्याप्टेन टंकबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संगठनका संरक्षक मेजर गमबहादुर गुरुङ, विशिष्ट अतिथि क्याप्टेन गुञ्जबहादुर गुरुङ, अतिथिहरु सुबेदार प्रेमचन्द गुरुङ, सुबेदार यामबहादुर राना, सुबेदार प्रसाद पुन, सुबेदार दुर्गाबहादुर गुरुङ र सुबेदार खेमबहादुर पुन थिए । कार्यक्रम सञ्चालन संगठनका सचिव क्याप्टेन बुद्धिबहादुर थापाले गरेको कार्यसमितिका प्रथम उपाध्यक्ष सिएचएम खिमबहादुर गुरुङले जानकारी दिए ।

सहयोगी दाता सुबेदार सोमबहादुर गुरुङ र उनकी श्रीमतीलाई सम्मान पत्र प्रदान गर्दै अध्यक्ष क्याप्टेन टंकबहादुर घले र साथमा संस्थाका प्रथम उपाध्यक्ष सिएचएम खिमबहादुर गुरुङ

तपाईको प्रतिक्रिया