देउवाले अनिर्णयको बन्दी बनाएः पौडेल

समाधान संवाददाता २०७७ चैत ३ गते १३:२५

समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको वर्तमान राजनीतिक परिवेशमा पार्टी सभापति शेरबहादुर देउवा मौन बस्नु रहस्यमय भएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सरकार संकटमा हुँदा मौनता गाँज्न नहुने बताएका हुन् । प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘हाम्रो सभापतिज्युको अहिलेको उदासिनता मलाई पनि रहस्यमय लागिरहेको छ ।’

Advertisement

अहिलेको अवस्थामा कांग्रेसले देशको राजनीतिमा आफ्नो भूमिका देखाउन सक्नुपर्ने पौडेलले बताए । पौडेलले भने, ‘यो अनिर्णयको, ढुलमुल अवस्थामा कांग्रेस रहनु हुँदैन, अझै पनि निर्णय दिन नसक्ने हो भने राष्ट्रको मूल राजनीतिमा कांग्रेसले भूमिका खेलेको ठहर्दैन ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेश १ र बागमति सरकार ढालिदिन सभापति देउवासँग आग्रह गरेको उनले बताए । उनले भने, ‘प्रदेश १ र बागमतिमा प्रस्ताव ल्याओ भोट हालेर गिराइदिऔं भनेको हो ।’

Advertisement

जनता समाजवादीको साथ पाउन ओलीले दिएका आश्वासन कांग्रेसले पनि दिनसक्नुपर्ने उनको तर्क थियो । जसपाका नेताहरुबाट कांग्रेस सभापतिले निधो नगरेको गुनासो आएको सुनाए ।

‘जसपा र माओवादी केन्द्रलाई पनि साथ दिऊँ, यो सरकार ढलाइदिऊँ । तर अहिलेसम्म यो अगाडि बढ्न सकेको छैन ।’ पौडेलले भने ।

नेपालमा विदेशी शक्तिले खेल खेलिरहँदा देशको राजनीति आफ्नै हातमा राख्न सक्नुपर्ने उनले बताए । ‘हामी राजनीतिक दलहरुले खेल अरुको हातमा जान नदिएर आफ्नै हातमा राख्नुपर्छ,’ उनले भने ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया