हिमालय अस्पतालमा आँखाको सिटी स्क्यान

पोखरा, ३ चैत
हिमालय आँखा अस्पताल धेरै उपकरण र साधन स्रोतले भरिभराउ भए पनि बितेको एक वर्ष एउटा उपकरण थिएन, ओसिटी एन्जिओग्राफी गर्ने मेसिन । त्यो मेसिन नहुँदा आँखाको रेटिनाको सिटीस्क्यान यो अस्पतालमा सम्भव थिएन । भएको मेसिन बिग्रिएपछि एक वर्षयता आँखाको सिटीस्क्यान गराउन अस्पतालले बिरामी अन्तै पठाउनुपथ्र्याे ।
रोटरी इन्टरनेसनलले उक्त मेसिन आँखा अस्पताललाई उपलब्ध गराएको छ ।
रोटरीका अन्तर्राष्ट्रिय निर्वाचित अध्यक्ष शेखर मेहताले मंगलबार उक्त मेसिन अस्पताललाई हस्तान्तरण गरे । १ करोड रुपैयाँ पर्ने उक्त मेसिन रोटरी ग्लोबल ग्रान्ड अन्तर्गत हस्तान्तरण भएको हो । अन्तर्राष्ट्रिय अध्यक्ष नै नेपाल आएको मौका पारेर मेसिन हस्तान्तरण गरिएको हो ।
अस्पतालकी कामु मेडिकल निर्देशक डा इलिया श्रेष्ठका अनुसार आँखाको रेटिनासम्बन्धी समस्या लिएर दैनिक १०० बिरामी आउँछन् ।
‘तीमध्ये २०÷२५ जनाको आँखाको सिटीस्क्यान गर्नुपर्छ,’ उनले भनिन् । आँखाको पर्दामा पानी जमेको, रगत जमेको, प्वाल परेको लगायत समस्या पत्ता लगाउन उक्त मेसिन जरुरी पर्ने डा. श्रेष्ठले जानकारी दिइन् । खास गरी हाइपरटेन्सन र मधुमेहका बिरामीको आँखाको जाँचमा यस्तो मेसिन आवश्यक हुन्थ्यो ।
रोटरी क्लब अफ पोखरा मिडटाउनको पहलमा उक्त मेसिन आँखा अस्पताललाई प्रदान गरिएको हो । रोटरी इन्टरनेसनलका निवर्तमान डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले क्लबका अहिलेका अध्यक्ष शेखर मेहताले भारतमा निरक्षरता अन्त्यको अभियान चलाइरहेको र अहिलेसम्म १५ वटा आँखा अस्पताल स्थापना गरिसकेको जानकारी दिए ।
अस्पतालका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङले नारारहित अस्पतालले उक्त मेसिनको आम्दानी मर्मतका लागि पनि छुट्याउने बताए । ‘यो मेसिन जनताकै लागि समर्पित गर्छाैं, मर्मतका लागि आवश्यक पैसा जुट्ने गरीमात्रै शुल्क राख्छौं,’ उनले भने ।
आइकेयर फाउन्डेसन नेदरल्यान्डले जन्माएर हुर्काएको अस्पताल अचेल भने नेत्रज्योति संघ अन्तर्गत सञ्चालन भइरहेको पनि अध्यक्ष गुरुङले सुनाए । रोटरी इन्टरनेसनलका लागि सन् २०२२—२३ का अध्यक्ष शेखर मेहताले हरेक १०० किलोमिटरमा एउटा आँखा अस्पताल हुनुपर्ने बताए ।
उनले भारतमा आफूले निर्माण गरेका अस्पतालको अनुभव अनुसार ५०÷६० लाख रुपैयाँ खर्च गरे पुग्ने पनि सुनाए । ‘ससाना उपचार हुने अस्पताल सबैतिर हुनुपर्छ, हिमालय जस्तो अस्पताल केही भए पुग्छ,’ उनले भने ।
रोटरी क्लब अफ पोखरा मिडटाउनका विनोद हेज्यूले हस्तान्तरण गरिएको मेसिनको टिकाउका लागि पनि सोच्नुपर्ने र मर्मतका लागि खर्च जोगाउनुपर्ने बताए ।
रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष जयमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपेन्द्र पौडेलले गरेका थिए ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया