पोखराका १ वकिल पक्राउ

समाधान संवाददाता, पोखरा
पोखराका १ वकिल पक्राउ परेका छन् । जबर्जस्ती करणीको मुद्दा मिलाउन भन्दै पीडित पक्षलाई दबाब दिने ५८ वर्षीय लक्ष्मीबहादुर घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । घिमिरे निजि वकिलको रुपमा कार्यरत थिए ।
पोखरामा जबर्जस्ती करणीको कसुरमा पक्राउ परेका सुर्यलाल खड्का र कमानसिंह लामाले बयानमा घिमिरेको नाम लिएपछि प्रहरीले पक्राउ गरेको हो । जबर्जस्ती करणीको आरोपमा पक्राउ पर्दा २ पीडकबाट प्रहरीले १२ लाखको चेक र १ लाख १० हजार नगद बरामद गरेको थियो ।
घिमिरेमाथी ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरि नायव उपरीक्षक (डिएसपी) सुवास हमालले बताए ।
घिमिरे बुधबार बैदामबाट पक्राउ परेका हुन् । उनी लमजुङका स्थायी बासिन्दा हुन् ।
े बुधबार बैदामबाट पक्राउ परेका हुन् । उनी लमजुङका स्थायी बासिन्दा हुन् ।





हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया