तनहुँमा बहिनी बलात्कार गर्ने दाइ पक्राउ
समाधान संवाददाता
२०७७ चैत ६ गते १२:११

समाधान संवाददाता, तनहुँ
बहिनीमाथि जबरजस्ती करणी गर्ने दाइ पक्राउ परेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का २७ वर्षीय पुरुष बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
१४ वर्षीया बहिनीलाई उनले पटकपटक बलात्कार गरेको बहिनीले जाहेरीमा लेखेकी छन् ।
जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाका अनुसार अन्तिम पटक उनले फागुन २८ गते बहिनीलाई बलात्कार गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया