पोखराको जाल्पा लघुवित्तले सेयर निस्कासन गर्ने

समाधान संवाददाता २०७७ चैत ८ गते १०:२२


समाधान संवाददाता
पोखरा, ८ चैत


जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको सेयरको सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।


नियुक्ति सम्बन्धी सम्झौता चैत ५ गते शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भयो ।
सम्झौतामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

Advertisement


जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय राखी हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पुँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निश्कासन गरेपश्चात चुक्ता पुँजी १६ करोड रुपैयाँको हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया