पोखरामा जावाको ‘पेराक’ बाइक

पोखरा, ८ चैत (समाधान)— क्लासिक लिजेन्ड्सको उत्पादन ‘पेराक’ मोटरसाइकलको पोखरामा पनि सोरुम खुलेको छ । नयाँबजारस्थित श्रेष्ठ मोटसाइकल पार्टस्को सिस्टर कम्पनी श्रेष्ठ मोटर्सले जावाको सोरुम खोलेको हो । हालै आयोजित कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापाले जावाको पेराक बाइक सार्वजनिक गरेका थिए ।
कम्पनीले जावा मोटरसाइकलका बिएस ६ इन्जिनयुक्त जावा पेराक ल्याएको कम्पनीका सिजन श्रेष्ठले बताए । उनका अनुसार बाइकमा बिएस–सिक्स ३३४ सिसी, सिंगल सिलिन्डर र लिक्विड–कुल्ड डिओएचसी इन्जिन छ । यसले ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्छ । जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रुपैयाँ छ ।
इन्जिन सिक्स स्पिड ट्रासमिसनसँग जोडिएको उक्त बाइक स्टाइलका अनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल डबल क्रडल ट्युबुलर च्यासिस र स्विङ आर्म सहितको कम र लामो आकर्षक आकारमा उपलब्ध छ । बबर सौन्दर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सिट छ, जसको मुनि गोलो ब्रेक लाइट छ ।
पेराकमा बार एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप तथा त्रिकोणीय उपकरण बक्स समते समावेश गरिएको छ ।
पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फेक्र्स छ भने पछाडि मोनोसक सस्पेन्सन छ । वाइकका दुवै पांग्रामा सिंगल डिस्क ब्रेक छ । जावा पेराकमा डुअल च्यानल एबिएससमेत छ । अनलाइन मार्फतसमेत सो बाइकको बुकिङ सुविधा उपलब्ध छ ।
ग्राहकहरूले फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न टेस्ट राइड गर्न सक्छन् । पोखराबाहेक धरान, इटहरी, विराटनगर, लहान, नारायणगढ, बुटवल, काठमाडौं र भैरहवाका सोरुमबाट यसको बुकिङ खुला गरिएको छ ।
…
तस्बिरः विजबक्स









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया