पोखरामा जावाको ‘पेराक’ बाइक

समाधान संवाददाता २०७७ चैत ८ गते १९:२१


पोखरा, ८ चैत (समाधान)— क्लासिक लिजेन्ड्सको उत्पादन ‘पेराक’ मोटरसाइकलको पोखरामा पनि सोरुम खुलेको छ । नयाँबजारस्थित श्रेष्ठ मोटसाइकल पार्टस्को सिस्टर कम्पनी श्रेष्ठ मोटर्सले जावाको सोरुम खोलेको हो । हालै आयोजित कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापाले जावाको पेराक बाइक सार्वजनिक गरेका थिए ।


कम्पनीले जावा मोटरसाइकलका बिएस ६ इन्जिनयुक्त जावा पेराक ल्याएको कम्पनीका सिजन श्रेष्ठले बताए । उनका अनुसार बाइकमा बिएस–सिक्स ३३४ सिसी, सिंगल सिलिन्डर र लिक्विड–कुल्ड डिओएचसी इन्जिन छ । यसले ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्छ । जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रुपैयाँ छ ।


इन्जिन सिक्स स्पिड ट्रासमिसनसँग जोडिएको उक्त बाइक स्टाइलका अनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल डबल क्रडल ट्युबुलर च्यासिस र स्विङ आर्म सहितको कम र लामो आकर्षक आकारमा उपलब्ध छ । बबर सौन्दर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सिट छ, जसको मुनि गोलो ब्रेक लाइट छ ।

Advertisement

पेराकमा बार एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप तथा त्रिकोणीय उपकरण बक्स समते समावेश गरिएको छ ।


पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फेक्र्स छ भने पछाडि मोनोसक सस्पेन्सन छ । वाइकका दुवै पांग्रामा सिंगल डिस्क ब्रेक छ । जावा पेराकमा डुअल च्यानल एबिएससमेत छ । अनलाइन मार्फतसमेत सो बाइकको बुकिङ सुविधा उपलब्ध छ ।

Advertisement


ग्राहकहरूले फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न टेस्ट राइड गर्न सक्छन् । पोखराबाहेक धरान, इटहरी, विराटनगर, लहान, नारायणगढ, बुटवल, काठमाडौं र भैरहवाका सोरुमबाट यसको बुकिङ खुला गरिएको छ ।

तस्बिरः विजबक्स

तपाईको प्रतिक्रिया