माओवादी केन्द्र पुनरावलोकनमा जाने

समाधान संवाददाता २०७७ चैत १० गते १३:०४

नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

माओवादी केन्द्रका नेताहरूले यसबारेमा कानुन व्यवसायीसँग परामर्श गरेका थिए । त्यसक्रममा कानुन व्यवसायीले फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

Advertisement

नेकपा नामका सम्बन्धमा ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले पूर्ववत रूपमा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।

कानुन व्यवसायीहरुले नेकपा एकता बदर गर्ने फैसला सच्याउन सकिने प्रशस्त आधारहरु रहेको भन्दै माओवादी केन्द्रलाई पुनरावलोकन गर्न सुझाव दिएका हुन् ।

Advertisement

रञ्जन कोइराला, लोकमान सिंह कार्की, प्रेरणा राज्यदेवी शाहको जग्गा मुद्दालगायत मुद्दामा सर्वोच्च अदालतमा पुनरावलोकन भएको थियो । तिनै नजिरमा टेकेर नेकपा बदरमा पुनरावलोकन गर्नुपर्ने सांसद तथा कानुन व्यवसायी रामनारायण विडारीले सुझाव दिएका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने भन्ने सम्बन्धमा निर्णय गरेको छैन ।

तपाईको प्रतिक्रिया