वालिङ नगरपालिका सर्वोत्कृष्ट घोषित

समाधान संवाददाता २०७७ चैत १२ गते १३:३०

समाधान संवाददाता, स्याङ्जा

स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगर घोषित भएको छ । स्मार्ट सिटीका रुपमा घोषणा भई कार्यान्वयनको चरणमा रहेको वालिङ सर्वोत्कृष्ट घोषित भएको हो ।

नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवमा काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेका छन् ।

Advertisement

वालिङ नगरपालिका सहरी योजना, वातावरण, विपद, जोखिम व्यवस्थापनमा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो । नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।

नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको बताउँदै खाँणले आगामी वर्षहरुमा थप बजेट विनियोजन भएर आउने बताए ।

Advertisement

वालिङ नगरपालिकाले सहरी विकासका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी विगत २ वर्षदेखि कार्यान्वयनका चरणमा रहेको उपप्रमुख कल्पना तिवारीले बताइन् ।

यसअघि वालिङ नगरपालिका नेपाल नगरपालिका संघको २३ औं स्थापना दिवसका अवसरमा देशभरका २ सय १७ नगरपालिकामध्ये सर्वोत्कृष्ट घोषित भई १ लाख पुरस्कार प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया