गण्डकी बोर्डिङमा वैशाख ४ गते प्रवेश परीक्षा

समाधान संवाददाता २०७७ चैत १२ गते १५:२४

पोखरा

गण्डकी बोर्डिङ स्कुल लामाचौर, पोखराले कक्षा ४ को छात्रवृति प्रवेश परीक्षा २०७८ वैशाख ४ गते शनिवार लिने भएको छ ।

Advertisement

विद्यालयले कक्षा ४ मा छात्रवृत्तिअन्तर्गत पढ्न चाहने विद्यार्थीहरूका लागि प्रवेश परीक्षा लिन लागेको हो । प्रवेश परीक्षामा सहभागी हुन् विद्यार्थीले कक्षा तिनमा पढिरहेको र चैत्र मसान्तसम्म १० वर्ष ननाघेको हुनुपर्ने विद्यालयले सूचनामा जारी गरेको छ ।

विद्यालयका अनुसार परीक्षा दिने विद्यार्थीले वैशाख ४ गते सम्बन्धित परीक्षा केन्द्रमा बिहान ८:०० बजेबाट फारम भर्न सक्नेछन् । प्रवेश परीक्षा सोहि दिन  बिहान ११:०० बजेबाट संचालन हुनेछ ।

Advertisement

विद्यालयको वबेसाइटबाट फारम डाउनलोड़ गरेर पनि भर्न सकिनेछ । प्रवेश परीक्षा नेपाली‚ अंग्रेजी र गणित विषयमा हुनेछ ।

पूर्ण र आंशिक गरि बढीमा २८ जना विद्यार्थीहरूले छात्रवृतिमा अध्यन गर्ने अवसर प्राप्त गर्ने विद्यालयले जनाएको छ ।

यस बर्षबाट अति पिछडिएका जातजाति र सिमान्तकृत वर्गलाई प्राथमिकता दिई नवलपुर र तनहुँको सीमामा रहेका बोटे, दराई, मकवानपुर-धादिङ-चितवनका चेपाङ, बाँके/ दाङग/कैलालीका वादी तथा प्रदेश नम्वर २ का मुसहर, चमार, डुमका लागि बिशेष विद्यार्थी छनोट गरि बढीमा त्यस क्षेत्र र वर्गबाट चार जना विद्यार्थीलाई छात्रवृति सुविधा उपलब्ध गराउने बिद्यालयले जनाएको छ ।

साथै कक्षा ४ मा पूरा शुल्क तिरेर अध्यन गर्न इच्छुक विद्यार्थीहरूको लागि २०७८ वैशाख ४ गतेदेखि आवेदन फारम वितरण हुने र जेष्ठ १ गते शनिवार प्रवेश परीक्षा संचालन हुने समेत बिद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया