नेपाल आज बंगलादेशसँग फाइनल खेल्दै, प्रधानमन्त्री रंगशाला जाने

समाधान संवाददाता २०७७ चैत १६ गते ११:४४

काठमाडौं

त्रिदेशीय फुटबल अन्तर्गत नेपाल आज बंगलादेशसँग फाइनल खेल खेल्दैछ । दशरथ रंगशालामा याे खेल नेपाली समय अनुसार साँझ ५ः३० बजे हुनेछ ।

प्रतियोगिता अन्तर्गत तालिकाको उप–विजेता बन्दै नेपालले बंगलादेशसँग फाइनल यात्रा तय गरेको हो । बंगलादेश तालिकाको विजेता टोली हो ।

Advertisement

प्रतियोगिता अन्तर्गत नेपालले दुई खेल खेल्दै दुबै खेलमा बराबरी गरेको छ । गोल भने गर्न सकेको छैन । बंगलादेशसँग गोल नगर्दा नेपालले लगातार ७ अव अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गोलविहिन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली घरेलु मैदानमा जारी फुटबल हेर्न रंगशाला जाने भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया