पत्रकार महासंघ चुनाव – कास्कीमा कुँवरको नेतृत्वमा सहमति खोजिने

समाधान संवाददाता २०७७ चैत १६ गते २१:४५

समाधान संवाददाता, पोखरा

प्रेस चौतारी नेपाल कास्कीले आसन्न नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी नेपाल कास्कीको सोमबार भएको कार्यदलको बैठकले३ दशकदेखि पत्रकारितामा क्रियाशील समाधान दैनिकका वरिष्ठ उपसम्पादकश्याम कुँवरको नेतृत्वमा कार्यसमिति बनाउने गरी सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने निर्णय गरेको हो ।

Advertisement

सर्वसम्मत नेतृत्व छान्न कार्यदलले अन्य संगठन र पत्रकारसँग सहकार्य र समन्वयका लागि वार्ता अघि बढाउने निर्णय गरेको कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपाल कास्कीसंयोजक अर्जुन गिरीले जानकारी दिए ।

सर्वसम्मतहुन नसकेको खण्डमा प्रेस चौतारी नेपाल कास्कीले आफ्नो गठबन्धनका सहयात्री संगठनसहित प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा जाने निर्णयसमेत गरेको संयोजक गिरीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया