न्यायिक सेवा तालिम सुरु

समाधान संवाददाता २०७७ चैत १८ गते १७:३९
sdr

समाधान संवाददाता, पोखरा

उच्च अदालत पोखरामा न्यायिक सेवा तालिम सुरु भएको छ । उच्च अदालत पोखराको समन्वयमा न्याय सेवा तालिम केन्द्रले ५ हप्ते तालिम सुरु गरेको हो ।

नेपाल न्याय सेवा, न्याय र सरकारी वकिल समूहका राजपत्र अनंकित प्रथाम, द्वितीय तह, प्रदेशका अदालत र सरकारी वकिल कार्यालयमा कार्यरत कर्मचारीका लागि तालिम राखिएको हो ।

Advertisement

तालिममा २७ जना सहभागी रहेको उच्च अदालत पोखराका शाखा अधिकृत तिलक पौडेलले जानकारी दिए ।

तालिममा उच्च अदालत पोखराका न्यायाधीश रमेश पोखरेल, उच्च अदालतका पोखराका रजिस्ट्रार, उपरजिस्ट्रार, जिल्ला अदालतका न्यायाधीश, उच्च अदालतका सहन्यायधिवक्ता, उपन्यायधिवक्ता लगायतले प्रशिक्षण दिएका छन् ।

Advertisement

उद्घाटन सत्रमा न्याय सेवा तालिम केन्द्रका तालिम प्रमुख इन्दिरा दाहाल, उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेल, सहन्यायधिवक्ता डाक्टर गोपीचन्द्र भट्टराईको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन उच्च अदालत पोखराका उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया