पोखरामा खुल्यो निर्वाचन आयोगको प्रदेश कार्यालय

समाधान संवाददाता २०७७ चैत १८ गते २०:३४

समाधान संवाददाता, पोखरा

पोखरामा निर्वाचन आयोगको गण्डकी प्रदेश कार्यालय स्थापना भएको छ । जिल्ला निर्वाचन कार्यालय रहेकै कार्यालयलाई प्रदेश कार्यालयका रुपमा बुधबार स्थापना गरिएको हो ।

संघीय संरचनाअनुसार खुलेको कार्यालयको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भर्चुअल उद्घाटन गरेका छन् । मन्त्रिपरिषद्को १० माघको बैठकले निर्वाचन आयोग अन्तर्गत सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत गरेको हो ।

Advertisement

‘निर्वाचनको तयारी गरिराख्नुस् । नियमित रुपमा हुने चुनाव पनि धेरै टाढा छैन । त्योभन्दा अगाडि पनि निर्वाचन हुन सक्छ,’ आयुक्त थपलियाले कार्यालय उद्घाटन गर्दै भने, ‘सीमित कर्मचारी र स्रोधसाधनमा रहेर हामीले चुस्त काम गर्नुपर्ने छ ।’

कार्यालयमा उपसचिवको नेतृत्वमा ९ जना कर्मचारी रहने छन् । नयाँ कार्यालय सरकारले खटाइनसकेको कारण अहिले जिल्ला कार्यालयका प्रमुख भीमसेन कार्कीले नै कार्यवाहक प्रमुखको रुपमा रहने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया