सुष्मा र प्रतीक्षालाई पत्रकारिता पुरस्कार

समाधान संवाददाता, पोखरा
सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार २०७७ बाट यस वर्ष संस्थाका पूर्वअध्यक्ष सुष्मा पौडेललाई पुरस्कृत गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा, ब्रोडकास्टिङ एसोसियसन नेपाल (बान) की केन्द्रीय महासचिव दुर्गा अधिकारी र नेपाल आदिवासी जनजाति पत्रकार समूह (फोनिज) गण्डकी प्रदेश अध्यक्ष एमबी आस्था मगर सदस्य रहेको छनोट समितिले पौडेललाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
पोखरा किन्डर गार्डेनका संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैंयाको अक्षयकोष राखी यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि २५ हजार १ सय १ रुपैयाँ र सम्मानपत्र छ ।
यस्तै, गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अर्वाड २०७७ प्रतीक्षा शर्मालाई प्रदान गरिने भएको छ । सोही छनोट समितिले सञ्चारिका समूह गण्डकीले प्रदान गर्दै आएको यो पुरस्कारका लागि शर्मालाई सिफारिस गरेको थियो । कान्तिपुर दैनिकमा आवद्ध उनी सञ्चारिका स्याङ्जा सचिव हुन् ।
सौन्दर्य व्यवसायी चिनु गुरुङले गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया