पत्रकार महासंघ गण्डकीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी

समाधान संवाददाता, पोखरा
नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशको निर्वाचनमा २१ पदका लागि ४५ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचनमा २ गठबन्धन भएको भए पनि बिहीबार १० बजेदेखि साढे ५ बजेसम्म मनोनय दर्ता गर्न राखिएको समयमा गठबन्धन बाहिरबाट पनि उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा ४ जनाले मनोनय दर्ता गराएका छन् । दिपेन्द्र श्रेष्ठ, नारायण प्रसाद शर्मा, एलपी बञ्जरा र आरजु विष्ट सल्यानीको उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्ष खुलातर्फ इन्द्रप्रसाद पौडेल, दीपक भट्टराई र माधवप्रसाद पनेरुले मनोनय दर्ता गराएका छन् । उपाध्यक्ष महिलातर्फ शान्ति गुरुङ र सोनी शर्माले मनोनय दर्ता गराएका छन् ।
महासचिवमा गोविन्दप्रसाद सुवेदी र दिल शिरीषबीच प्रतिस्पर्धा हुने भएको छ । सचिव खुलातर्फ ऋषिकान्त पौडेल, प्रकाशचन्द्र भट्टराई र यदुनाथ बञ्जराले उम्मेदवारी दिएका छन् ।
सचिव समावेशीतर्फ रुद्र श्रीषमगर र सुशीलबाबु श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । कोषाध्यक्षमा राजेन्द्र न्यौपाने, शालिकराम कोइराला र सागरराज तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खुला सदस्य ५ जना रहने छन् । त्यसमा १३ जनाको उम्मेदवारी परेको छ । ३ जना निर्वाचित हुने महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ ।
दलित महिला सदस्यमा २ जना, सदस्य आदिवासी जनजातितर्फ ४ जना र सदस्य अल्पसंख्यकतर्फ २ जनाको उम्मेदवारी परेको छ । सदस्य मधेसीतर्फ भने कुनै उम्मेदवारी परेको छैन ।
चैत २५ गते हुने निर्वाचनमा शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ ।










थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया