पत्रकार महासंघ गण्डकी निर्वाचन – ५ जनाको उम्मेद्वारी फिर्ता, २ को बदर

समाधान संवाददाता, पोखरा
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका ५ जना पछि हटेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका २, उपाध्यक्ष, खुला सचिव र खुला सदस्यमा बिहीबार मनोनयन दर्ता गराएका १/१ जनाले शुक्रबार फिर्ता लिएका हुन् ।
अध्यक्षका प्रत्यासी आरजु विष्ट सल्यानी र एलपी बञ्जरा, उपाध्यक्षका प्रत्यासी माधव पनेरू, खुला सचिवका प्रत्यासी ऋषिकान्त पौडेल र खुला सदस्यमा उम्मेद्वारी दिएका थम्मन थापापछि हटेका हुन् ।
निर्वाचन समितिले २ जनाको उम्मेदवारी बदर गरिदिएको छ । उम्मेद्वार हुन पत्रकार महासंघको सदस्यता लिएको ५ वर्ष पुगेको हुनुपर्छ ।
खुला सदस्यमा उम्मेद्वारी दिएका माधवप्रसाद अधिकारी र माधव पराजुलीको सदस्यता अवधि त्योभन्दा कम भएकाले उनीहरूको उम्मेद्वारी बदर गरिएको भएको हो ।
महासंघ गण्डकीको निर्वाचनमा अब २१ पदमा ३८ जना भिड्ने भएका छन् । अध्यक्षमा दीपेन्द्र श्रेष्ठ र नारायणप्रसाद शर्मा, उपाध्यक्ष खुलामा इन्द्रप्रसाद पौडेल र दीपक भट्टराई, उपाध्यक्ष महिलामा शान्ति गुरूङ र सोनी शर्मा, महासचिवमा गोविन्द सुवेदी र दिल शिरीषबीच प्रतिस्पर्धा हुने भएको छ ।
सचिव खुलातर्फ प्रकाशचन्द्र भट्टराई र यदुनाथ बञ्जरा उम्मेद्वार छन् । सचिव समावेशीतर्फ रुद्र श्रीषमगर र सुशीलबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपाने, शालिकराम कोइराला र सागरराज तिमिल्सिना चुनावी मैदानमा छन् ।
सदस्य खुलामा कृष्ण कँडेल, सुनिल पाण्डे, ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, भीमपाणी बराल, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार र सूर्य बाँस्तोला उम्मेद्वार छन् । यीमध्ये खुला सदस्य ५ जना चुनिने छन् ।
महिला सदस्यमा कविता श्रेष्ठ, रञ्जिता शर्मा, राधिका शर्मा कँडेल, रोशनी गुरूङ, स्मीता अधिकारी चुनावी मैदानमा छन् । महिला सदस्यमा ५ जनामध्ये ३ जना निर्वाचित हुने छन् ।
दलित सदस्यमा रबिना बोहरा र सानेबहादुर नेपाली (कोइराला) मध्ये १ जना चुनिने छन् । सदस्य मधेसीतर्फ भने कुनै उम्मेदवारी परेको छैन । सदस्य अल्पसंख्यकतर्फ पदम छन्त्याल र श्रीकान्त सापकोटामध्ये १ जना चुनिने छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया