चीनले दिएकाे खाेप २५ चैतदेखि लगाइने

समाधान संवाददाता २०७७ चैत २२ गते १९:२५

समाधान संवाददाता, पोखरा

चीन सरकारले नेपाललाई उपलब्ध गराएको ८ लाख भेरोसेल खोप २५ चैतदेखि लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अत्यावश्यक सेवा, चीनमा पढ्ने विद्यार्थी, हिमालय व्यापारसँग जोडिएकालाई खोप लगाइने बताए । काठमाडौंका अस्पतालबाट खोप दिइनेछ ।

Advertisement

यसअघि सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको थियो । १४ माघदेखि सुरु भएको खोप अभियान खोपको अभाव भएपछि रोकिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया