पत्रकार महासंघ कास्की अध्यक्षमा केशवशरण र विमला उम्मेद्वार

समाधान संवाददाता २०७७ चैत २२ गते २१:३१

समाधान संवाददाता, पोखरा

नेपाल पत्रकार महासंघ कास्कीको चुनावमा२० पदका लागि ४७ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा केशवशरण लामिछाने र विमला भण्डारीसहित २० पदमा आइतबार ४७ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उपाध्यक्षमा अर्जुन गिरी, रामप्रसाद तिमिल्सना, रञ्जन अधिकारी र महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा, रविना आले प्रत्यासी छन् ।

Advertisement

निर्वाचन समितिका अनुसार सचिवमा दीपक परियार, माधव बराल र गौतम रानाभाटको उम्मेद्वारी परेको छ । सहसचिव समावेशीतर्फ दीपककुमार श्रेष्ठ, रेमबहादुर विक र सहसचिवमा मानबहादुर घर्ती (एमबी आस्था) र श्रीराम सिग्देलले उम्मेद्वारी दिएका छन् ।

कोषाध्यक्षमा एकराज गिरी, ओमप्रकाश उपाध्याय र कृष्ण दवाडी मैदानमा छन् ।

Advertisement

महिला सदस्यमा तारा चापागाई दुवे र सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली र सुरेश सुनार, सदस्य आदिवासी जनजातिमा खिमकुमारी गुरूङ र पदम श्रेष्ठले उम्मेद्वारी दिएका छन् । मधेसी सदस्यमा कसैको पनि उम्मेद्वारी परेको छैन । समावेशी सदस्यमा जैनब खातुन र सूर्यबहादुर परियारको उम्मेद्वारी परेको छ ।

खुला सदस्यमा उमा आलेमगर, कञ्चन थापा, कमल सुवेदी, गीता रानामगर, गौरव त्रिपाठी, धनबहादुर गुरूङ (सुमन), पुष्पराज दाहाल, प्रभु अधिकारी, विनिता सुनार खातुन, वीरेन्द्र सापकोटा, विष्णु गौतम, भीमबहादुर थापा (भीम भाइ), भेषराज सुवेदी (जीवन सुवेदी), रोहितराज पराजुली, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, युवराज गुरूङ (युनिश) र हरि पन्त गरी २२ जनाको उम्मेद्वारी परेको छ ।

२५ चैतमा हुने निर्वाचनले खुला सदस्यमा ८ जनाबाहेक अरू सबै पदमा १÷१ जना निर्वाचित गर्नेछ । उम्मेद्वारउपर सोमबार दिउँसो साढे १२ बजेसम्म दावी विरोधगर्न र २ बजेसम्म उम्मेद्वारी फिर्ता लिन पाइनेछ ।

तपाईको प्रतिक्रिया