पत्रकार महासंघ कास्की अध्यक्षमा बिमला

समाधान संवाददाता २०७७ चैत २६ गते १२:०१

समाधान संवाददाता, पोखरा

बिमला भण्डारी नेपाल पत्रकार महासंघ, कास्कीको अध्यक्षमा विजयी भएकी छन् । भण्डारी पत्रकार महासंघ, कास्कीकी पहिलो महिला अध्यक्ष बनेकी छन् ।

काँग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र चौतारी माधव नेपाल समूहको गठबन्धनको नेतृत्व लिएकी भण्डारीले प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनका केशवशरण लामिछानेलाई ५३ मतले पराजित गरेकी हुन् । बिमलाले १७४ मत प्राप्त गर्दा केशवशरणले १२१ मत ल्याए ।

Advertisement

यस्तै, उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना बिजयी भए । उनले चौतारीका अर्जुन गिरीलाई ५० मतले पराजित गरे। रामप्रसादले १७४ मत ल्याउँदा अर्जुनले १२२ मत ल्याए ।

महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जितिन् । जमुनाको पक्षमा १५१ र रबिना आलेको पक्षमा १४३ मत खस्यो ।

Advertisement

सचिवमा केशव शरण प्यानलबाट प्रेस चौतारीका माधब बरालले १४ मतले दीपक परियारलाई जिते । माधवले १५५ र दीपकले १४१ मत ल्याए ।

तपाईको प्रतिक्रिया