संकटालाई आहा रारा गोल्ड कपको उपाधि

समाधान संवाददाता २०७७ चैत २८ गते १७:४३

समाधान संवाददाता, पोखरा

१९ औँ संस्करणको आहा ! रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएसनलाई ४-२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

खेलको ११ औँ मिनेटमा अफ्रिकन रुट्सका बासेकले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा संकटाले बराबरी गोल फर्काएको थियो । ५१ औँ मिनेटमा संकटाका ग्लोरीले बराबरी गाेल फर्काए ।

Advertisement

फाइनल जितेको टोलीले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार रूपैयाँ पुरस्कार पाएको छ ।

अफ्रिकन रुट्सले पहिलो सहभागितामै फाइनल पुगेकाे हाे।

Advertisement

अफ्रिकन रुट्सले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै फाइनलमा संकटासँग खेल्ने पक्का गरेको थियो । प्रतियोगितामा यसअघि पाँच संस्करण खेलिसकेको संकटा पहिलोपटक फाइनल प्रवेश गरेको थियो ।

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनल पुगेको थियो । प्रतियोगितामा फाइनल खेलेका दुईसहित मनाङ मर्स्याङदी, नेपाल पुलिस, थ्री स्टार, एपीएफ, सहारा, मछिन्द्र क्लबको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया