पोखराका टेकेन्द्र र राजकुमार बने ‘स्ट्रोङ्गेस्ट मेन’

समाधान संवाददाता २०७७ चैत २९ गते २२:३६

समाधान संवाददाता, पोखरा

रूप कार्की मेमोरियल प्रथम नेपाल स्ट्रोङ्गेस्ट नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपमा पोखराका टेकेन्द गुरूङ र राजकुमार घोजुले स्वर्ण जितेका छन् । योसँगै उनीहरूले ‘स्ट्रोङ्गेस्ट मेन’ को उपाधि जितेका छन् ।

देशभरबाट विभिन्न तौल समूहमा गरेर १ सय २० जना खेलाडी प्रतियोगितामा सहभागी थिए । च्याम्पियनसिपमा गुरूङले ४० वर्षमाथि र घोजुले ५० वर्षमाथिको स्पर्धामा स्वर्ण जितेका हुन् । टेकेन्द्रले स्क्वाइटमा २ सय ५ केजी, बेन्च प्रेसमा १ सय ४० केजी र डेटलिफ्टमा २ सय १५ केजी गरी ५ सय ६० केजी वजन उचालेका थिए ।

Advertisement

राजकुमारले स्क्वाइटमा १ सय ८७ केजी, बेन्च प्रेसमा १ सय १० केजी र डेटलिफ्टमा १ सय ९० केजी गरी ४ सय ८७ केजी वजन उचाले ।

विगत २ दशकदेखि बडीबिल्डिङि र पावर लिफ्टिङमा लागेका टेकेन्द्र पोखरा फूलबारी निवासी हुन् । उनी कास्कीको पर्यटीय गाउँ सिक्लेसमा हुने ठेलो प्रतियोगितामा १२ पटक प्रथम भएका छन् । राजकुमार पनि विगत २ दशकदेखि बडीबिल्डिङि र पावर लिफ्टिङ क्षेत्रमा सक्रिय छन् । उनी मेगा जिमाका संचालक हुन् ।

Advertisement

प्रतियोगितामा पोखराका सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साह लगायत दर्जनभन्दा बढी खेलाडी सहभागी रहेको अन्तर्राष्ट्रिय पावर लिफ्टिङ खेलाडी तथा टिम प्रशिक्षक हसन गुरूङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया