गुरुङ सरकार परिवर्तनको प्रयासः आज १ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै

समाधान संवाददाता, पोखरा ।
एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार परिवर्तनका लागि कम्मर कस्न लागेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक आज सोमबार दिउसो १ बजे बस्दैछ ।
संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बैठक बोलाएका हुन् । गुरुङ नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका २ जना मन्त्री फिर्ता भएपछि सरकार परिवर्तनको खेल सुरु भएको हो ।
राष्ट्रिय जनमोर्चाले समर्थन जनाईरहेको अवस्था अरु सबै दल एकै ठाउमा हुँदा पनि नढल्ने अवस्थामा रहेको गुरुङ सरकारमा शनिबारदेखि भने भुइचालो आएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन फिर्ता लिने र अविश्वासको पक्षमा हस्ताक्षर गर्ने भन्दै समाधानसँग टेलिफोन वार्ता गरेपछि परिस्थिति एकाएक परिवर्तन आएको हो ।
यद्यपि अध्यक्ष केसीले भने जसरी जनमोर्चाले निर्णय लिइसकेको छैन । आईतबार जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको बैठक बसे पनि ठोस निर्णय लिन सकेको छैन । पार्टीको केन्द्रले पनि कुनै निर्देशन पठाएको छैन ।
कांग्रेस निकटस्थ श्रोतका अनुसार कांग्रेसको केन्द्रीय नेतृत्वले पनि औपचारिक रुपमा गण्डकी प्रदेशमा के गर्ने र नगर्ने भन्ने बारेमा कुनै निर्देशन दिएको छैन् ।
यही अन्यौलकाबिच कांग्रेस संसदीय दलको बैठक बस्दैछ । १ बजे बस्ने बैठकमा पछिल्लो विकसित परिस्थिति मै बारेमा छलफल हुने सांसद कुमार खड्काले जानकारी दिए ।








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया