चुमानलाई चुनौति दिदै दिपक कोइराला
समाधान संवाददाता, पोखरा ।
नेकपा एकता भंगपछि एमाले नेतृत्वमा रहेका संघीय र प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न कसिएको माओवादी केन्द्रले विभिन्न सम्भावनाहरुको खोजी गरिरहेको छ ।
संघीय सरकारबाट केपी ओलीलाई विस्थापित गर्न जुनसुकै पार्टीको नेतृत्वलाई स्वीकार गर्ने निर्णयमा पुगेको माओवादीले प्रदेश सरकारका हकमा पनि यस्तै नीति लिएको छ ।
संंघीय सरकार र प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने क्रममा भागबण्डा गर्दा केही प्रदेशको मुख्यमन्त्री आफ्नो भागमा पर्ने आँकलन माओवादी केन्द्रका नेताहरुको छ ।
तुलनात्मक रुपमा बलियो मानिएको एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार गत शनिबारदेखि एकाएक धरमराएको छ । एमालेलाई समर्थन गरिरहेको राष्ट्रिय जनमोेर्चाले समर्थन फिर्ता लिने चर्चा चलेसँगै गण्डकीमा नयाँ सरकार गठनको गृहकार्यमा प्रतिपक्षी दल र यसका नेताहरु जुटिरहेका छन् ।
मुख्यमन्त्री गुरुङलाई हटाएर अर्को सरकार गठन गर्न पनि विपक्षी दलहरुलाई त्यती सहज छैन् । दलभित्रैका आकाँक्षी तथा विरोधीलाई व्यवस्थापन गर्ने चुनौति छ ।
गुरुङ नेतृत्वको सरकार ढल्यो र मुख्यमन्त्री माओवादी केन्द्रको भागमा पर्यो भने पनि पार्टी भित्रैबाट मुख्यमन्त्री छनौट गर्न कठिनाई छ ।
अहिले माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमान छन् । गुरुङ नेतृत्वको सरकारमा चुमानकै नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी भएको थियो ।
श्रोतका अनुसार अहिले माओवादी केन्द्रका सांसदहरु चुमानलाई नेता मानेर मुख्यमन्त्री बनाउन वा सरकारमा पठाउन तयार छैनन् । नेकपा भित्रको विवादका बेलामा पार्टी नेतृत्वलाई सहयोग नगरेर केपी ओलीलाई सघाउने गरी मुख्यमन्त्री गुरुङसँग बसउठ गरेको आरोप चुमान माथि छ ।
माओवादी केन्द्रमा रामबहादुर थापा बादल निकट मानिने चुमान बादलसँगै एमाले मै जाने चर्चा पनि नचलेको होइन । तर पछिल्लो समयमा चुमानले बादलको साथ छोडिदिए ।
एमाले र माओवादी केन्द्रबीच चरम दुश्मनीको अवस्था हुँदा पनि चुमान मुख्यमन्त्री गुरुङका विश्वासपात्र कै रुपमा थिए भन्ने बुझाई माओवादी सांसदहरुको छ । उनी अहिले पनि एमाले र माओवादी केन्द्र मिलेरै सरकार बनाउनु पर्छ भन्ने मान्यतामा रहेको एक माओवादी सांसदले समाधानलाई बताए ।
चुमानको विरुद्धमा केही माओवादी सांसदहरुले हाल प्रदेश विकास समितिको सभापतिको जिम्मेबारी सम्हालेका युवा नेता दिपक कोइरालालाई अघि सारेका छन् । कास्कीबाट प्रदेश सभामा निर्बाचित कोइराला माओवादी अध्यक्ष प्रचण्ड निकट नेता हुन् ।
श्रोतका अनुसार अब बन्ने सरकारमा चुमानलाई कुनै पनि हालतमा पठाउन नहुने लबिङ प्रचण्डसम्म पुगेको छ । पार्टीले सरकारबाट फिर्ता हुने निर्णय गर्दा पनि आनाकानी गरेको आरोप लागेका चुमानलाई फेरि जिम्मेबारी दिइएमा विद्रोह गर्ने सम्मको धम्की प्रचण्ड समक्ष पुगिसकेको छ ।
यसैबारेमा प्रतिक्रिया लिन खोज्दा सांसद दिपक कोइरालाले पार्टीको भागमा मुख्यमन्त्री परेमा र नेतृत्वले जिम्मेबारी दिएमा आफु पछि नहटने बताए । चुमानको नेतृत्व स्वीकार्ने नस्वीकार्ने बारेमा भने उनले प्रष्ट प्रतिक्रिया दिन चाहेनन् । यति भन्ने, ‘पार्टी पङ्ती र नेतृत्वबीच चर्चा र छलफल चलिरहेको छ ।’
गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएका चुमान हाल पार्टीको शिर्ष नेतृत्वसँग छलफल गर्न भन्दै संघीय राजधानी गएका छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया