पौडेल जापानका लागि पर्यटनदूत

समाधान संवाददाता २०७७ चैत ३० गते १७:१२

समाधान सम्वाददाता, पोखरा ।

नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटनदूतमा राजनकुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर पोखरामा हुर्के बढेका राजनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण तथा क्षेत्रीय विकासमा स्नातकोत्तर गरेका छन् ।

राजनले नेपाल सरकारको विशेष अनुसन्धान ब्युरोमा करीब ५ वर्ष अनुसन्धान अधिकृतको रुपमा पनि काम गरेका थिए । उक्त बेला उनको बाहिर देखाउने पेसा भने रेडियो प्रस्तोता, टेलिभिजनका कार्यक्रम सञ्चालक तथा अभिनेता थियो । त्रिभुवन विश्वविद्यालयबाट स्वर्णपदक प्राप्त गरेपछि राजनले जापानको नागोया विश्वविद्यालयमा अनुसन्धाता भएर काम गरेका छन् ।

Advertisement

विश्वका १२२ वटा देशहरुमा पुगिसकेका राजनसँग जापान सरकारको अध्यागमन विभाग, प्रहरी प्रशासन, परराष्ट्र, रक्षा, संस्कृति तथा पर्यटन मन्त्रालयका विविध परियोजनाहरुमा समेत काम गरेको अनुभव छ । राजन हाल जापान सरकारको बजेटमार्फत प्यासिफिक कन्सलटेन्ट भन्ने कम्पनीबाट नेपाल, इन्डिया, बंगलादेश र म्यानमार र भियतनाममा विभिन्न प्रोजेक्ट गरिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया