समाधानकर्मी थकालीसहित ४ स्रष्टा सम्मानित

समाधान संवाददाता २०७७ चैत ३१ गते १२:५६

समाधान संवाददाता, पोखरा ।

समाधानकर्मी मुस्ताङ संवाददाता सुन्दरकुमार थकालीसहित ४ जना स्रष्टा सोमबार मुस्ताङमा सम्मानित भएका छन् । उनीहरुलाई मुस्ताङको थासाङ—२ मा स्थापना भएको ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले संयुक्त रुपमा मुस्ताङको थाकथलो कोबाङमा सम्मान गरेको हो ।

२०६२ साल चैत्र ६ गते अकल्पनीय घटनामा परी दिवंगत भएका तत्कालीन सांसद ओमविकास गौचन तथा उनकी धर्मपत्नी देउकुमारी गौचनको सम्झनामा ओम विकास तथा देउकुमारी स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले स्वर्गीय दम्पतीको सम्झनामा १५औं स्मृति सभा विभिन्न कार्यक्रम आयोजना ग¥यो ।

Advertisement

प्रतिष्ठानले बर्सेनि मुस्ताङको शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यटन र कृषिक्षेत्रको प्रर्वद्धनका लागि विविध कार्यक्रम गर्दै आइरहेकोमा यसपटक भने मुस्ताङ जिल्लाका लागि योगदान गर्ने विभिन्न स्रष्टालाई सम्मानित गरेको प्रतिष्ठानकी अध्यक्ष सवी गौचन शेरचनले जानकारी दिइन् ।

हिमाली जिल्ला मुस्ताङका लागि योगदान गर्ने सम्मानित ४ स्रष्टालाई थासाङ गाउपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचन र प्रतिष्ठानकी अध्यक्ष सवी गौचनले दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेको हो ।

Advertisement

मुस्ताङ जिल्लामा रही मुस्ताङको सुशासन, समृद्धि र विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान गर्दै आइरहेका समाधानकर्मी सुन्दरकुमार थकालीसहित बेनी÷जोमसोम सडकमा सुपरभाइजरको कार्यसम्पादन गर्दै बर्खायामको मौसममा मुस्ताङ यात्रा गर्नै तिर्थयात्रीको उद्दार र बेनी÷जोमसोम सडकमा चल्ने सवारी साधनलाई सहज रुपमा गन्तब्य पू¥याउन योगदान दिने इन्द्रसिंह शेरचन, अन्तर्राष्ट्रिय आर्चरी प्रतियोगितामा कास्य पदक बिजेता योगेन्द्र शेरचन र प्राथमिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको कृषि संकाय अन्तर्गत डिप्लोमा तहमा छात्रातर्फ नेपाल प्रथम (२०७५) र राष्ट्रपति विद्याभूषण २०७६ प्राप्त रोजिणा गौचनलाई प्रतिष्ठानले एकैसाथ सम्मान गरेको प्रतिष्ठानकी अध्यक्ष सवी गौचन शेरचनले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया