यसपटकको फेवा नव वर्ष महोत्सव मोबाइलमा

समाधान संवाददाता, पोखरा ।
नेपाली नयाँ वर्षमा पश्चिमाञ्चल होटल संघ पोखराले बर्सेनि गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई कोभिडका कारण परिमार्जन गरेको छ । यसपटक नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकता दिंदै जाउँ है पोखरा अभियान सञ्चालन गरिने भएको हो ।
कोभिड– १९ को संक्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्युआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान सञ्चालन गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
पश्चिमाञ्चल होटल संघले विज्ञप्ति जारी गर्दैे नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ–सेवा र फोन पे प्रालिसँग सहकार्य गरी यो नयाँ वर्ष जाउँ है पोखरा भन्ने दुई दिने डिजिटलमैत्री अभियान सञ्चालन गरेको जनाएको छ ।
५५ वटा बैंक तथा वित्तीय संस्थामा आवद्ध १ करोड ६० लाख ग्राहकसम्म पुगी अभियानले सार्थकता पाउने विश्वास गरिएको छ । नेपाल राष्ट्र बैंकको प्रविधिमैत्री र खासगरी क्यासलेस भुक्तानी अभियानलाई प्रोत्साहन गर्न संघले नयाँ वर्षको अवसरमा २०७७ चैत्र ३१ गते र नयाँ वर्ष १ गते सदस्य होटल प्रतिष्ठानमा बस्ने पाहुनाले क्यू आर कोडमार्फत भुुक्तानी गर्दा होटल प्रतिष्ठानको प्रकाशित दररेटमा चालिस प्रतिशत छुट र क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न बैंकले पाहुनालाई अतिरिक्त क्यास ब्याक दिने अध्यक्ष तुलाचनले बताए ।
यसैगरी नयाँ वर्षको अवसरमा पोखरामा रहेका होटल प्रतिष्ठानहरुले छुट्टा छुट्टै तवरबाट विभिन्न छुट तथा सहुलियतका आकर्षक प्याकेजहरु सार्वजनिक गरेको छ । पोखरा र यस वरपरको पर्यटन प्रबद्र्धनका लागि संघले विगत लामो समयदेखि फेवा नव वर्ष महोत्सव आयोजना गर्दै पर्यटन, संस्कृति र खानालाई जोड दिई १६ औं संस्करणसम्म महोत्सव भएको छ ।
सन् २०२० को डिसेम्बर अन्त्यबाट चीनको युनान प्रान्तबाट सुरु भएको कोभिड १९ ले नेपाल समेत नराम्रो गरी प्रभावित हुन पुग्दा गत बर्षको चैत ११ देखि सुरु भएको लकडाउनको कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भई होटल क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ ।

– १९ को संक्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्युआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान सञ्चालन गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
पश्चिमाञ्चल होटल संघले विज्ञप्ति जारी गर्दैे नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ–सेवा र फोन पे प्रालिसँग सहकार्य गरी यो नयाँ वर्ष जाउँ है पोखरा भन्ने दुई दिने डिजिटलमैत्री अभियान सञ्चालन गरेको जनाएको छ ।
५५ वटा बैंक तथा वित्तीय संस्थामा आवद्ध १ करोड ६० लाख ग्राहकसम्म पुगी अभियानले सार्थकता पाउने विश्वास गरिएको छ । नेपाल राष्ट्र बैंकको प्रविधिमैत्री र खासगरी क्यासलेस भुक्तानी अभियानलाई प्रोत्साहन गर्न संघले नयाँ वर्षको अवसरमा २०७७ चैत्र ३१ गते र नयाँ वर्ष १ गते सदस्य होटल प्रतिष्ठानमा बस्ने पाहुनाले क्यू आर कोडमार्फत भुुक्तानी गर्दा होटल प्रतिष्ठानको प्रकाशित दररेटमा चालिस प्रतिशत छुट र क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न बैंकले पाहुनालाई अतिरिक्त क्यास ब्याक दिने अध्यक्ष तुलाचनले बताए ।
यसैगरी नयाँ वर्षको अवसरमा पोखरामा रहेका होटल प्रतिष्ठानहरुले छुट्टा छुट्टै तवरबाट विभिन्न छुट तथा सहुलियतका आकर्षक प्याकेजहरु सार्वजनिक गरेको छ । पोखरा र यस वरपरको पर्यटन प्रबद्र्धनका लागि संघले विगत लामो समयदेखि फेवा नव वर्ष महोत्सव आयोजना गर्दै पर्यटन, संस्कृति र खानालाई जोड दिई १६ औं संस्करणसम्म महोत्सव भएको छ ।
सन् २०२० को डिसेम्बर अन्त्यबाट चीनको युनान प्रान्तबाट सुरु भएको कोभिड १९ ले नेपाल समेत नराम्रो गरी प्रभावित हुन पुग्दा गत बर्षको चैत ११ देखि सुरु भएको लकडाउनको कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भई होटल क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ ।
तपाईको प्रतिक्रिया